वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा सप्तमी - २२
नेपालको संविधानले व्यवस्था गरे वमोजिम ३ तहको संघीय शासकीय संरचनाको कार्यान्वयनको सन्दर्भमा संविधानको भाग १३ मा प्रदेश कार्यपालिका सम्वन्धी व्यवस्था भए वमोजिम मिति २०७४/११/३ विभिन्न मन्त्रालय सहित प्रदेश मन्त्रिपरिषद गठन भई हाल भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर र पूर्वाधार विकास निर्देशनालय , ईटहरी माताहत पूर्वाधार विकास कार्यालय, संखुवासभा रहेको छ ।
यस कार्यालय अन्तर्गत सडक, पूल, भवन, झोलुङ्गे पुल लगायतका आधारभूत पूर्वाधारहरुको निर्माण, मर्मत तथा विकास जस्ता कार्यहरु पर्दछन् । हाल यस कार्यालयको कार्य क्षेत्र संखुवासभा जिल्लाभर रहेको छ । हालको सांगठानिक संरचना अनुसार कार्यालयको कूल दरवन्दी संख्या १३ जना रहेको छ ।